Logo
Logo

प्रधानमन्त्री पोखरामा


- दृष्टि न्युज/संवाददाता


पोखरा, १८ जेड । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका छन् । उनले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट युवा सम्मेलनको उद्घाटन गर्नेछन् ।
पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्देछन् । कास्की क्षेत्र नं–२ का संघीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । प्रधानमन्त्री ओली दुई वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्