Logo
Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मटितेल को मूल्य १२२ रुपैयाँ पुगेको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि भएको छ । अब हवाई ईन्धन प्रति लिटर १०६ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्