काठमाडौं । काठमाडौंको रातोपुल नजिकैको पसलमा गएराति आगलागी भएको छ । सो कारण ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
विष्णुकमार महर्जनको एकतले घरमा रहेको पसलमा आगलागी भएको हो ।
गएराति ३ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको पसल सञ्चालक वनस्थलीका श्याम श्रेष्ठले बताए ।
आगो अहिले पूरै निभेको छ ।












