Logo
Logo

निर्वाचनको तयारी गर्न प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने दायित्व सरकारको रहेको बताए ।

प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरे । देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री देउवाले संघीय संसद्‌मा अहिले जारी अवरोध हटाउन पनि छलफल गरिने बताए । सबै दलहरुसँग छलफल गरेर संसद्‌को अवरोध हटाइने देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्