Logo
Logo

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरू



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । चुनावबारे छलफल गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक सुरू भएको हो ।

बैठकमा सत्तागठबन्धनका पाँच दलका दुई–दुई जना र एक मन्त्रीसहित ११ जना सहभागी छन् । गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिमा पौडेल संयोजक छन् ।

बैठकमा वैशाखमा स्थानीय, संघीय र प्रदेशमध्ये कुन चुनाव गर्ने भन्ने छलफल हुने बताइएको छ । निर्वाचन आयोगले वैशाखभित्रमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा गठबन्धन दलबीच सहमति जुट्न सकेको बाँकी छ ।

यसअघि विहिबार बस्ने भनिएको बैठक आवश्यक तयारीका लागि भन्दै स्थगित भएको थियो । विहिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तापछि आजका लागि बैठक तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्