Logo
Logo

सुदूरपश्चिमाञ्चलद्वारा प्रदेश ३ लाई १५५ रनको चुनौती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० जेठ । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै १५४ रनमा समेटियो । सुदूरपश्चिमका लागि खड्ग बोहोराले सर्वा्धिक ४० रनको योगदान दिदाँ रोशन अधिकारीले २७ रनको योगदान दिए । त्यस्तै नरेश बोहोराले २६ तथा शेर मल्लले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी र जितेन्द्र ठकुरीले समान दुई÷ दुई विकेट लिँदा कप्तान पारस खड्का र नन्दन यादवे एक ÷एक विकेट लिए । प्रदेश ३ टोली चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदुरपश्चिमाञ्चल एक अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्