Logo
Logo

राष्ट्रियसभाको सबै सिट जित्छौँ : अध्यक्ष नेपाल


1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

आज राष्ट्रियसभाको १९ सिटका लागि मतदान भइरहेको छ । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने अध्यक्ष नेपालले बताए । ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले एउटा तरंग पैदा गर्नेछ ।’

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको भन्दै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा बताए ।

प्रतिक्रिया दिनुहोस्