Logo
Logo

साढे २१ लाख बढी नेपाली विदेशमा


630
Shares

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ६९ हजार ४७८ व्यक्ति विदेशमा बसोवास गरिरहेका छन् । राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले सो देखाएको हो ।

तथ्यांकअनुसार विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ रहेका छन् । जो अवसरको खोजी गर्दै त्यहाँ पुगेका हुन् । यो नेपालको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ ।
दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्