काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले टिभी टुडेमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आफ्नो एक महिनाको तलवको आधा सहयोग गरेकी छन् ।

पत्रकार विश्वकर्माको गत बिहीबार निधन भएको थियो । थोरै पैसाको अभावमै ज्यान गुमाएभन्दा आफू स्तब्ध भएको मन्त्री झाँक्रीले बताएकी छन् । मन्त्री झाँंक्रीको सचिवालयले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
‘अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशिल पत्रकारिता गरिरहेका लालबहादुर विकले थोरै पैसाको अभावमै ज्यान गुमाए भन्दा मन्त्री झाँक्री मात्रै होईन सचिवालयको पुरै टिम स्तब्ध बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘सोही दुखद घडीलाई मध्यनजर गर्दै माननीय मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्र«ान्सफर गरिदिनुभएको छ ।’
अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचार प्रकाशित भइरहेकाले आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्री झाँक्रीले त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा जोड दिएकी छन् ।











