जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा ६ जना जनप्रतिनिधि मतदानमा सहभागी भएनन् ।
निर्वाचन आयोग मधेस प्रदेश कार्यालयका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मधेश प्रदेशमा ९८ प्रतिशत मतदान भएको जनकारी दिए । कुल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेको उनले बताए ।
प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख÷उपप्रमुख)तर्फ ४ जनाले मतदान नगरेको उनले जानकारी दिए ।
प्रदेशसभा सदस्य तर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मतदान गरेका छन् ।
मधेस प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदबारी दिएका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महिला समूहमा रुपा कुमारी यादव र नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदबारी दिएका छन् । लोसपा र एमालेले चुनावी गठबन्धन बनाएका छन् ।











