Logo
Logo

राष्ट्रियसभा निर्वाचन : कर्णाली प्रदेशमा मतगणना सुरु


504
Shares

जसुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा मतदान सम्पन्न भएर मतगणाना सुरु भएको छ ।

मतदान सम्पन्न भएर मतगणना सुरु भएको निर्वाचन आयोग कर्णालयी प्रदेशका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले बताए । मतगणनाको परिणाम आजै साँझ ७ बजेसम्म आउने उनले बताए ।

कर्णाली प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतदानमा १८९ मत खसेको छ । कुल १९१ मतदातामध्ये १८९ मत खसेको हो ।

३५ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले मतदान गरेका छन् । यसैगरी, पालिका प्रमुख र उपप्रमुखहरु १५६ जनामध्ये १५५ जनाले मतदान गरे । प्रदेशसभा सदस्य एक र स्थानीय तह प्रमुख एक जना मतदानमा अनुपस्थित रहेका थिए ।

कर्णालीय प्रदेशमा तीनजना सदस्य पदका लागि ६ जनाको बीचमा प्रतिस्पर्धा छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत गठबन्धन दलका तर्फबाट तीनजना र नेकपा एमालेका तर्फबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका थिए ।

गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), एकीकृत समाजवादीका उदयबहादुर बोहरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै एमालेबाट चूडामणि शर्मा (सुर्खेत), पदबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्