
दाङ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।
एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भए ।
बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख १०७ जनाले मतदान गरेका थिए ।











