Logo
Logo

जनमोर्चाबाट पहिलोपटक राष्ट्रियसभा सदस्य निर्वाचित


2.5k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट पहिलोपटक राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

राजमोका तुलबहादुर विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित भएका हुन् । विश्वकर्मा लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

उनले एमालेका उम्मेदवार कृष्ण सुनारलाई पराजित गर्दै राष्ट्रिसभामा निर्वाचित भएका हुन् । विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे । त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याए ।

त्यस्तै लुम्बिनीबाट युवराज शर्मा र राज्यलक्ष्मी गैरे निर्वाचित भएका छन् । शर्मा कांग्रेस र शर्मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । उनीहरूले नेकपा एमालेका उम्मेदवार क्रमशस् रामदयाल गुप्ता र भारती खनाल उपाध्यायलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्