
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
सत्ता गठबन्धनतर्फबाट महिला कोटाबाट कांग्रेसका कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार विजयी भएका हुन् । एमालेका लिला थनेत, पुण्य पौडेल र अर्जुनकुमार सुनाम भने पराजित भएका छन् ।
बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान भएको थियो । यसअघि सुदूरपश्चिम, लुम्बिनी र बागमतीमा पनि ढ गठबन्धनकै सबै उम्मेदवार विजयी भएका छन् ।
प्रदेश–१ मा भने नेकपा एकीकृत समाजवादीका जयन्ती राई, नेकपा एमालेका ग्याल्जेन शर्पा विजयी भएका छन् । अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर आएको छ ।
बुधबार रातिसम्म सबै प्रदेशको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।











