Logo
Logo

महासचिवका तीन दाबेदार एकै ठाउँमा


26.3k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तीनजना महासचिवका दाबेदार वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्माबीच भेट भएको छ ।

माओवादी केन्द्रको महासचिवमा वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढेको छ । यता नेता गुरुङको पनि महासचिवमा चर्चा छ । महासचिवका दाबेदारहरुबीच बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको हो ।

चीनबाट उपचार गराएर फर्किएका वर्षमान पुनको स्वास्थ्य स्थिति बुझ्न भन्दै देव गुरुङ पत्नी यशोदा सुवेदीसहित खुमलटारस्थित पुनको निवासमा पुगेका हुन् ।

पुनको सचिवालयका अनुसार गुरुङले पुनसँग पार्टीको आन्तरिक स्थितिका बारेमा छलफल गरेका छन् ।

पुनलाई भेटेर गुरुङ दम्पति बाहिरिनासाथ अर्थमन्त्री जनार्दन शर्मा पुष्पगुच्छा लिएर पुनलाई भेट्न पुगेका थिए । उनीहरु दुबैले महासचिवको दाबीका विषयमा समेत कुराकानी गरेको स्रोतको भनाई छ । शर्माले पुनको स्वास्थ्यलाभको कामना पनि गरेका थिए ।

यस्तै अर्का नेता हितमान शाक्यले पनि पुनसँग भेटवार्ता गरेका छन् । जण्डिसको उपचारपछि आराम गरिरहेका पुनलाई माओवादीका नेताहरुले निवासमा गएर भेट्ने, स्वास्थ्यलाभको कामना गर्ने र महासचिवको दाबीका विषयमा समेत कुराकानी गर्ने क्रम चलेको छ ।

महासचिव छान्नका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्