Logo
Logo

बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेताबीच छलफल


1.8k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालीबीच शुक्रबार बिहान भेटवार्ता भएको हो ।

विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गरेका प्रधानमन्त्री देउवाले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्री देउवालाई सितल निवास बोलाएर स्थानीय निर्वाचन वैशाखमै गर्न दवाव दिएकी थिइन् ।

राष्ट्रपतिको दवावपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालसँग परामर्श गरेका हुन् । भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायतका विषयमा छलफल भएको बताइएको छ । निर्वाचनबारे गठबन्धनमा छलफल भइरहेपनि निष्कर्ष निस्किएको छैन ।

निर्वाचन आयोगले सरकारलाई स्थानीय निर्वाचनको मिति तोक्न ताकेता गर्दै आएको छ । तर, गठबन्धनमा सहमति नजुटेका कारण ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्