Logo
Logo

घुससहित सई रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता


जनकपुर– इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका इन्चार्ज सई रामबाबु प्रसाद यादव पाँच हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोय बर्दिबासका शाखा अधिकृत प्रकाश थापाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। कार्यालय परिसरबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

भारतबाट भन्सार छली ल्याउने मालसमानको लाइन मिलाइदिन उनले एक सेवाग्राहीसँग घुस लिएका हुन्।

भारतबाट भन्सार छलेर ल्याएको मालसमान गाउँ(गाउँ र्पुयाएको प्रहरीले मासिक रकम लिएर लाइन मिलाउँदै आएको तथ्य खुलेको छ। मंगलबार मात्र इप्रका गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसी घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्