Logo
Logo

ज्ञानेन्द्र शाहीसहित कमिटी नै राप्रपामा समाहित


1.5k
Shares

काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् ।

शाहीलाई शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमबीच अध्यक्ष राजेन्द्रले स्वागत गरे । सोही अवसरमा शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’को सिँगो कमिटी नै राप्रपामा समाहित भएको छ ।

यसअघि महामन्त्री डा धवल शमशेर राणाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम राप्रपामा समाहित गर्ने प्रस्ताव पदाधिकारी बैठकमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्