Logo
Logo

एकीकृत समाजवादीको आज स्थायी कमिटी बैठक


5.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्दैछ ।
एमसीसी र सत्ता गठबन्धनका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको हो । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद उत्पन्न भएपछि आजको बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसबाहेक गठबन्धनका सबै दल एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् । एमसीसीका कारण गठबन्धन नै संकटमा परेको छ । बीचको बाटो निकाल्न नेकपा समाजवादी पार्टीको नेतृत्वमाथि तीव्र दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्