Logo
Logo

एमसीसी नेपालको कानुनभन्दा माथि : नारायणकाजी श्रेष्ठ


1.6k
Shares

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनले (एमसीसी) नेपालको कानुनभन्दा माथि रहेको बताएका छन् ।

शुक्रबार एमसीसीविरुद्ध एकीकृत समाजवादी सम्वद्ध जनसंगठनको खबरदारी सभालाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौतामा नेपालको कानुन नलाग्ने बताएका हुन् ।

उनले भने, ‘सम्झौताका एउटा प्रावधान यस्तो छ । जसमा लेखिएको छ– नेपालको घरेलु कानुनभन्दा माथि यो सम्झौता रहेने भनेर लेखिएको छ । र, नेपालको घरेलु कानुन र यो सम्झौता बाझिए यो सम्झौता लागू हुने छ भेनर लेखिएको छ ।’

एमसीसीलाई नेपालको कानुनभन्दा माथि बनाउनकै लागि संसदमा लगिएको उनको भनाइ छ । उनले भने, ‘नेपालको कानुनभन्दा माथि बनाउनको लागि मात्रै एमसीसी संसदमा ल्याइएको हो । हाम्रो घरेलु कानुन निष्क्रिय बनाउन र त्यो सम्झौतालाई कार्यन्वन गरी आधिकारिकता दिन मात्रै संसदमा ल्याइएको हो ।’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसीलाई संसदबाट पारित गनुपर्छ भनेर सम्झौता गरेको बताए । उनले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्री र युवराज खतिवाडा अर्थमन्त्री हुँदा यो संसदबाट अनुमोदन गनुुपर्छ भनेर सम्झौता भयो । पहिलोको सम्झौतामा उल्लेख नगरेको संसदबाट अनुमोदन गर्ने दफा बलजफती संशोधन गर्ने काम गरियो ।’

प्रतिक्रिया दिनुहोस्