काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् ।
बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ । सोही कारण महाकालीमा पानीको तह बढ्दै गएको छ । मौसममा सुधार नआएपछि सोमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।














