Logo
Logo

माधव नेपालको कटाक्ष- ‘नेकपा एमाले न पोथी न भाले’


2.6k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा प्रखुम प्रतिपक्षी दल नेकपा एमाले अनिर्णित भएको भन्दै आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलल एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म ‘न पोथी न भाले’को चाल देखाइरहेको भन्दै अध्यक्ष नेपालले अटाक्ष गरे ।

शुक्रबार संसद भवन बाहिर संचारकर्मीलाई प्रतिकृया दिँदै अध्यक्ष नेपालले भने– ‘मुख्य कुरा के हो भने केपी ओलीले एमसीसीलाई समर्थन गर्ने तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनुभएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष नेपालले हतारमा केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह समेत गरेका छन् । अध्यक्ष नेपालले भने– ‘मैले प्रधानमन्त्री देउवाजीलाई भनेको छु । हतारमा निर्णय नगर्नुस्, छलफल गर्नुस् र केपी ओलीसँग अनैतिक सम्झौता नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्