Logo
Logo

एमसीसीमा साथ खोज्दै दोस्रो पटक देउवा बालकोटमा


3.8k
Shares

काठमाडौं । संसदबाट एमसीसी अनुमोदन प्रकृया जटिल बन्दै गएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियता बढेको छ ।

दिनभर एमसीसी अनुमोदानका लागि साथ खोज्न व्यस्त देउवा साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

एमसीसी अनुमोदनका लागि सहयोग माग्न प्रधानमन्त्री देउवा दोस्रो पटक बालकोट पुगेका हुन् । गत बिहीबार पनि प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए ।

गत बिहीबार सत्तारुढ गठबन्धनका नेताहरुसँगको छलफल पनि बालकोट पुगेको प्रधानमन्त्री देउवा आज पनि सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँगको छलफल लगत्तै बालकोट पुगेका हुन् ।

यसअघि आजै साँझ प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । माओवादीसँगको छलफल लगत्तै देउवा बालकोट पुगेका हुन् ।

अघिल्लो भेटमा पत्नी आरजु देउवा राणासँग बालकोट पुगेका देउवा यसपटक भने पार्टीका नेताहरुसँग पुगेका छन् । देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् ।

जारी छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्