Logo
Logo

नेपालका लागि एमसीसी अपरिहार्य : खानेपानीमन्त्री


1k
Shares

कौलाली । खानेपानीमन्त्री उमाकान्त चौधरीले हाम्रो जस्तो मुलुकका लागि एमसीसी परियोजना अपरिहार्य र जरुरी रहेको बताएका छन् ।

प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आर्थिक समृद्धि, विकास र गरिबी निवारणका लागि यो परियोजना ल्याइएको बताए ।

उनले एमसीसीका बारेमा जनतामा धेरै भ्रमहरु सिर्जना गरिएको तर त्यो सत्य नभएको जिकिर गरे ।

‘कुनै पनि देश विकास गर्नका लागि तीन वटा तत्व हुन्छ’, मन्त्री चौधरीले भने, ‘एउटा आमनागरिकसँग कर लिएर अगाडि बढ्ने, अर्को ऋण लिएर अगाडि बढ्ने र तेस्रो भनेको अनुदान लिएर अगाडि बढ्ने हो ।’

उनले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले संसद्बाट पारित हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्