Logo
Logo

सेयर बजारका विकृति सुधार्न अर्थमन्त्रीको निर्देशन


252
Shares

काठमाडौँ । सेयर बजारमा राम्रा भन्दा धेरै विकृति भएकाले तत्काल सुधार गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

बजारमा भित्री कारोबार, कर्नरिङलगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्नेमा उनले जोड दिए । बुधबार अर्थ मन्त्रालयमा आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलगायतको उपस्थितिमा अर्थमन्त्री शर्माले बजार सुधारका लागि निर्देशन दिए ।

‘बजारमा समस्यै समस्या छन् । समस्या समाधान गर्न नसकेकै कारण यो क्षेत्रका नियामक निकायका नेतृत्वलाई हटाउनु परेको हो,’ उनले भने, ‘अब सुधार गर्ने जिम्मा तपाईहरुको हो ।’ बजार सुधारका लागि आवश्यक जस्तो सहयोग गर्न पनि अर्थ मन्त्रालय तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्