Logo
Logo

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु


0
Shares

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको  मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: Death1641283596.jpg

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

खातुनसँगै पदयात्रामा रहनुभएका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्