Logo
Logo

सत्तापक्ष गम्भीर भएन : एमाले


315
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्ष दल संसद्को ‘वेल’मा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नै नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुले आनन्द मानिरहनुभएको छ, यो विषयमा सत्तापक्ष गम्भीर छैन, हामी बारम्बार भनिरहेका छौँ, हामीले उठाएका विषयमा गम्भीर हुनुपर्यो ।’ उनले संसद्को अवरोध रहर नभई बाध्यता भएको पनि बताए ।

संसद्को नेता भनेको सभामुख अग्निप्रसाद सापकोटा रेफ्री भए पनि उनले हाम्रै पोष्टभित्र गोल हानेकाले अप्ठेरो स्थिति सिर्जना भएको नेता नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्