काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । संसदमा एमसीसी अनुमोदन भएपछिको अवस्थामा कसरी अगाडि बढ्ने, आगामी चुनावबारे र समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनीहरु जुटेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा सहभागी रहेको बताइएको छ ।











