Logo
Logo

धनुषामा गोली चल्यो, एक जना घाइते


1.8k
Shares

जनकपुरधाम । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएको प्रहरीले जनाएको छ ।

कमला नगरपालिका– ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएको बताइएको छ । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जना बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्