Logo
Logo

एनपीएलमा डीआरएस लागू हुने भएपछि खेल समय परिवर्तन


0
Shares

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा डीआरएस प्रयोग गरिने जनाएको हो।

डीआरएस लागू हुने भएपछि क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाको समयसमेत परिवर्तन गरेको छ।

संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल मध्याह्न साढे १२ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। त्यस्तै, दैनिक एक खेल मात्रै हुने दिन उक्त खेल साँझ ५ बजेदेखि सुरु हुने क्यानले जनाएको छ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा डीआरएस प्रविधि लागू हुने र खेल समय परिवर्तन गरिएको जानकारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्