काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । आज २ बजे बस्ने भनिएको बैठक भोलिलाई सारेको हो । त्यसअघि आज आइतबार ११ बजे बैठक बस्ने भनिएको थियो ।

गत पुसमा भएको आठौँ महाधिवेशन गरेपनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । उक्त प्रयासमा सहमति हुन नसकेपछि आजको बैठक स्थगित गरिएको माओवादीका एक नेताले बताए ।
त्यसका आलावा माओवादी केन्द्रले अमेरिकी सहायता सम्झौता एमसीसीमा समेत साझा धारणा बनाउन सकेको छैन ।
शुक्रबार राष्ट्रियसभा गृहमा सुरु गरिएको हो । आइतवार बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो २ बजेलाई सारिएको थियो । तर, सोमबार ११ बजे बैठक बस्नेगरी बैठक सरेको माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्माले बताइन् ।
बैठकमा केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयन पनि बैठकको एजेन्डा रहेका थिए । माओवादीमा केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयनमा समेत सहमति हुन सकेको छैन ।














