Logo
Logo

टिकाको दिन कस्तो रहनेछ मौसम ?


0
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

बुधबार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै बिहीबार दिउँसो हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्