Logo
Logo

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु


2.4k
Shares

काठमाडौं । ललितपुरमा ४ जना मृत अवस्थामा भेटिएका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत भेटिएका हुन् ।

४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार घटनास्थलमा विषको जस्तो बट्टा भेटिएको छ भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्