Logo
Logo

मृत्युपश्चात अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह


315
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चात अंगदान गर्न आग्रह गरेका छन् ।

विश्व मृगौला दिवसको अवसरमा बिहीवार विभिन्न संघसंस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान आग्रह गरेका हुन् ।

फाइल फोटो

उनले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको बताउँदै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने जति सबैले मृगौला दान गर्न सक्ने उनले बताए ।

‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो’ मन्त्री खतिवडाले भने, ‘अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ ।’

उनले नाता पर्ने जति सबैले मिर्गौला दिन पाउनले बताउँदै भने, ‘मृत्यु पश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’ मृगौला प्रत्यारोपण गरेका व्यक्तिले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्