Logo
Logo

भारतद्वारा युद्धग्रस्त युक्रेनबाट ७ नेपालीको उद्वार


693
Shares

काठमाडौं । भारतले युद्धग्रस्त युक्रेनबाट ७ जना नेपालीको उद्धार गरिदिएको छ । नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीका अनुसार भारत सरकारले आफ्नो उद्धार उडानमार्फत ७ जना नेपालीलाई युक्रेनबाट स्वदेश फर्किन सहयोग गरेको हो ।

गत साता भारत सरकारले युक्रेनबाट पोल्यान्ड पुगेका एक नेपालीको उद्धार गरेको थियो । युक्रेनबाट नयाँदिल्ली हुँदै शनिबार चार नेपाली स्वदेश आइपुगेका छन् ।

यस्तै भारतको सहयोगमा थप दुई जना नेपालीको पनि युक्रेनबाट उद्धार भएको नयाँ दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत सुवेदीले जानकारी दिएका छन् । उनीहरु नयाँदिल्ली आइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्