Logo
Logo

दुःखमा परेकाहरूसँग दसैँको खुसी बाँडौँ : गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारको पीडामा मलम लगाउन र खुसी बाँड्न आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: gagan-thapa-5.jpg

विजयादशमीका अवसरमा फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराख्न आग्रह गरेका हुन् ।

‘धेरै परिवार दुःख, पीडा र कठिनाइमा छन् । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्’, उनले भनेका छन्, ‘दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ ।’

थापाले विजयादशमीले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्