
काठमाडौं । सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १८ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा झरेको छ । यसअघि गएको बुधवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च अर्थात एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।
यसैगरी, चाँदीको भाउ पनि आज घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











