
काठमाडौं । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सन्यासी अखडाको टहरामा एक व्यक्रि मृत अवस्थामा भेटिएका छन् ।
नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी नाम बताउने व्यक्ति सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित चौरमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै खोटाङ, दिप्रुङचुईचुम्मा गाउँपालिका-६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका-५ स्थिात खोष्टुङ खोलाको छिपछिप पानीमा सोमबार मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार फागुन २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।
त्यस्तै जाजरकोट, भेरी नगरपालिका-३ ठाँटीस्थित जयकृष्ण पोल्टी सप्लायर्समा काम गर्ने भेरी नगरपालिका-१ कालेगाउँ बस्ने २७ वर्षीय भीम बहादुर बुढाथोकी सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











