काठमाडौं । सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गरेपछि संसद् अधिवेशन समाप्त हुने छ ।
सरकारले अब बजेट अधिवेशन बोलाउनेछ। मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो ।














