Logo
Logo

व्यवसायीले गरे पानीको मूल्य वृद्धिको विरोध


2.5k
Shares

पोखरा । जारको पानीको मूल्यमा एक्कासी वृद्धि गरेर १५ रुपैयाँ पुर्याइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलनमा उत्रिएका छन् । कम्पनीले यसअघि पानी प्रतिजार २० रुपैयाँमा बेच्दै आएको थियो ।

तर, अहिले प्रतिजार ३५ रुपैयाँ पुर्याइएपछि डिलर सञ्चालक आन्दोलित बनेका हुन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ वृद्धि गरेको छ । चर्को मूल्यका कारण उपभोक्तालाई समस्या हुने भन्दै व्यवसायीले गुनासो गरेका छन् । मूल्यमा भारी वृद्धि गरिएपछि विरोधमा उत्रिएका व्यवसायीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले पोखराको अमरसिंहचोकबाट नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्स्याएर विरोध प्रदर्शन गरेका थिए । डिलर सञ्चालक पुरुषोत्तम कँडेलका अनुसार नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएका कारण व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । संघले जारको पानीको मूल्य बढाउँदै अन्य कम्पनीको पानी बोक्न नपाउने नियम समेत बनाएको छ । ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो त सिधै सिण्डिकेट भयो,’ कँडेल भन्छन्, ‘आफैँले ३५ रुपैयाँमा किनेपछि पसललाई बेच्ने मूल्य चाहिँ कति हो ?।’

उनले वृद्धि गरिएको मूल्य फिर्ता नलिएसम्म आन्दोलनलाई निरन्तरता दिइने बताए । उपभोक्ताले अहिले पोखरामा प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्