Logo
Logo

भोटेकोशी विपद्बारे काम गर्न गठित संसदीय विशेष समिति सभापतिको निर्वाचन बुधबार हुने


0
Shares

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली बाढीसम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति पदका लागि यहि असोज १४ गते निर्वाचन हुने भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डिपी अर्यालले सभापतिको निर्वाचन बुधबार हुने जानकारी गराएका हुन् ।

उनले भने, ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम यही असोज १४ गते दिनको २ बजेको समय तोकेको व्यहोरा जानकारी गराउँदछु।’

यसअघि असोज ५ गतेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्