Logo
Logo

विश्वकप लिग-२ : नेपालले आज पपुवा न्युगिनीविरूद्ध पहिले बलिङ गर्दै


504
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।
युएईको शारजाहमा नेपाली समयअनुसार सवा ११ बजे सुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी रहेका छन् ।

मंगलबारबाट सुरु भएको नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजमा युएईले विजयी सुरुवात गरिसकेको छ । युएईले मंगलबार भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित ग¥यो ।

पपुवा न्युगिनी र नेपालबीच एकदिवसीय खेलमा अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ । गत वर्ष ओमानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा १५१ रनको जित निकालेको थियो ।
लिग–२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ । ओमानको २८ खेलबाट ३६ अंक छ ।

लिग-२ मा नेपालले आफ्नो तेस्रो सिरिज खेल्न लागेको हो। नौं सिरिजमध्ये दुई सिरिज खेल्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ ।

यसअघि नेपालले अमेरिका र ओमानविरूद्ध दुई सिरिज खेलिसकेको छ। दुवै सिरिजमा नेपालले दुई दुई खेलमा जित हात पारेको थियो भने दुई दुई खेलमा पराजित भएको थियो । युएईमा सुरू सिरिजमा नेपालले दुवै टिमसँग दुई दुई गरी कुल चार एकदिवसीय खेल खेल्नेछ ।

सिरिज खेल्न नेपाली टिम हिजो सोमबार श्रीलंकाबाट युएई पुगेको बताइएको छ । नेपालले सिरिजको पहिलो खेलमा भोलि बुधबार पपुवा न्युगिनीसँग सारजाहमा प्रतिस्पर्धा गर्नेछ ।

सिरिजका लागि नेपालले श्रीलंकामा तयारी गरेको थियो। श्रीलंकामा तयारी गर्दा नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेलेको थियो। जसमा श्रीलंकन नेभी र श्रीलंकन पुलिसविरूद्धका खेल जित्दा नेपाल श्रीलंकन ११ विरुद्ध भने पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्