Logo
Logo

चुनावी अभियानमा जुट्यो माओवादी


3.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई तिव्र पारेको छ । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन केन्द्रित दुई महिने अभियानमा होमिएको माओवादी केन्द्रले वैचारिक राजनीतिक प्रशिक्षणलाई तिव्रता दिएको हो ।


यसैक्रममा बुधबार माओवादीले काठमाडौंमा प्रशिक्षणात्मक कार्यक्रम गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
आजको कार्यक्रममा अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् । अध्यक्ष प्रचण्डले सो क्रममा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिनेछन् । माओवादीले यसअघि बागमती, प्रदेश १, कर्णाली र सुदूरपश्चिममा प्रशिक्षण दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्