Logo
Logo

शान्ति प्रक्रिया जोगाउन व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन : प्रचण्ड


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता संसदबाट अनुमोदन नगराउनका लागि हरसम्भव प्रयत्न गरियो, एउटा यस्तो विन्दुमा पुगियो कि, एमसिसी सम्झौता अनुमोदन नगरी अगाडि नजाने अवस्था आइपुग्यो, शान्ति प्रक्रिया धरापमा पर्ने, प्राप्त उपलब्धि गुम्ने खतरा आएपछि जोखिम मोलेर व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गरिएको हो ।’

बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष दाहालले एमसिसीलाई अगाडि नबढाउँदा मुलुक राजनीतिक सङ्कटमा फस्ने अवस्थामा पुगेको चित्रित गरे ।

‘नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर, रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिका रूपमा अगाडि सारेर तथा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गरेर क्रान्तिकारी बन्न खोजियो’, आफ्नो पहिलो कार्यकालको समीक्षा गर्दै उनले भने, ‘घटनाक्रमले बहुमतको सरकार पनि गयो, संविधान पनि बनेन, एमसिसी अगाडि नबढाउने निर्णय गरेको भए प्राप्त उपलब्धि पनि गुम्ने अवस्था थियो ।’

प्रतिक्रिया दिनुहोस्