Logo
Logo

कस्तो रहनेछ आज दिनभरिको मौसम ?


1.1k
Shares

काठमाडौं । अहिले भारतको बिहार राज्यलगायत आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली कायम छ ।

आज बिहान देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँमा मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने बताइएको छ ।

महाशाखाले देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्