Logo
Logo

मौलिक पर्वहरुले हामीलाई एकताको सूत्रमा बाँध्छन्ः प्रदेश प्रमुख शर्मा


567
Shares

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले रंगहरुको पर्वको रुपमा उत्साहपूर्वक मनाइने फागूपर्व (होली) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सो पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

पहाडी, हिमाली र भित्री मधेशका जिल्लाहरुमा आज (बिहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रवार चैत ४ मा मनाइने होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामी सबैलाई एकताको सूत्रमा बाँधी राख्ने उल्लेख गरेका हुन् । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त हाम्रो देश यही विविधताभित्र एकता, सद्भाव र सहिष्णुताका लागि संसारको उत्कृष्ट नमूना बनेको छ । हामीले हाम्रा विशेषताप्रति गौरवबोध गर्न सक्नुपर्दछ । हाम्रा यी मौलिक पर्वहरुले हामीलाई एकताको सूत्रमा बाँधी राख्नेछन् ।’ शर्माद्धारा प्रकाशित शुभकामना सन्देशमा भनिएको छ ।

यस्तै उनले हाम्रा अमूल्य मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनले मात्र हाम्रो राष्ट्रिय गौरवको धरोहर संरक्षित हुनसक्ने सन्देशमा उल्लेख गरेका छन् । शर्माले प्रकृति बासन्ती चोलामा मौलिक रंगहरुले सजिने यो अवसरमा हामीहरु विविध रंगको पर्व मनाइरहेकाले यस पर्वलाई आपसीखुशी र सहमतिको पर्वका रुपमा स्वीकार गरी अनुशासित र मर्यादित भएर मनाउन सबै उत्साहित हुनुपर्नेमा जोड दिएका छन् । उनले मानव जीवन रंगीन र उल्लासमय बनाउन होलीले भूमिका खेल्न सकोस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्