
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् ।
फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पुर्याउने बताएका हुन् । खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुग्ने उनको विश्वास छ ।
मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसंगति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्पे्ररित गरिरहोस् भन्ने कामना गर्दछु ।”












