Logo
Logo

ट्राफिक नियम पालना नगर्ने १६३ सवारीमाथि कारबाही


630
Shares

काठमाडौं । होलीलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । होली मनाउने क्रममा ट्राफिक नियम पालना नगर्नेलाई कारबाही थालिएको छ ।

लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फाइल फोटो

महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्माका अनुसार बिहानदेखि अहिलेसम्म १०४ वटा मोटरसाइकल र ५९ वटा चार पांग्रे सवारी ट्राफिकले होल्ड गरेको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।

लापर्बाही गरी गाडी तथा मोटरसाइकल चलाउनेहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तीव्र गतिमा गाडी चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्ने तथा ठूलो आवाजमा गाडी कुदाउनेहरुलाई कारबाही थालिएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेर सुरक्षा जाँच गरिरहेको छ भने आजका लागि एक हजार ३ सय ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्