
काठमाडौं । होली खेलिरहँदा घरको छतबाट झरेकी एक किशोरी गम्भीर घाइते भएकी छन् ।
सिन्धुपाल्चोकको भोटेचौरकी १८ वर्षीया विनिता चौलागाईं काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । दक्षिणढोकास्थित आफन्तको एकतले घरको छतमा होली खेल्दै गर्दा उनी लडेकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उनको उपचार भइरहेको छ ।
कक्षा ११ मा पढ्ने चौलागाईं बौद्धस्थित डेरामा दाजुसँग बस्दै आएकी छन् । उनी होली खेल्न बिहान आफन्तको घरमा पुगेकी थिइन् ।












