
काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा बिहीबार मनाइएको होली देशको तराई-मधेश क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा छ । सरकारले तराईका जिल्लाहरुमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण यो पर्ष सभ्य बनेको छ ।
शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।












